अर्घाखाँची
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा गरिब, असहाय तथा अति विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ ।
पहिलो पाइला नेपाल बुटवल शाखाले भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको छ।
पहिलो पाईला नेपालकाे शिक्षा अभियान अन्तर्गत भाग्य बोक्ने झोला विद्यार्थीहरुलाई सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक कार्यक्रमकाबीच गरेको हो ।
कार्यक्रमको अध्यक्ष बुटवल शाखाका शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षता, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले प्रमुख आतिथ्यता , पहिलो पाईला नेपाल केन्द्रीय महासचिव बिनोद महत, भुमेकास्थान नगरपालिका शिक्षा शाखा प्रमुख तोपलाल सापकोटा, वडा नं ३का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे काे विशिष्ट अातिथ्यता,भुमिकास्थान नगरपालिका वडा नं. ३ का वडा सदस्यहरु हाेम बहादुर सुनार, दासु राम भुसाल, बिस्नु सुवाल नरेन्द्र पाण्डे बि ब्य स अध्यक्ष श्री सिद्धार्थ आधारभुत बिद्यालय प्रह खेमराज भाट श्री शंकर जनसेवा आधारभुत बिद्यालयका प्रह सालिकराम खनाल नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्य धारापमनि प्रहरी चौकि प्रमुख राम दास काेहार पहिलो पाईला नेपाल बुटवल शाखा सल्लाहकार शंकर बस्याल लगाएतको आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रम प्रमुख अतिथिले दियो बालि कार्यक्रम उद्घाटन गर्दै झोलामा रहेका दस प्रकारका शैक्षिक तथा सरसफाइ सामग्री प्रदान गर्नु भएको हो। उहाँले विद्यार्थी लक्षित सामग्री प्रदान गरेको बताउदै गाउँमा बढ्दै गरेको बसाइँसराइ रोक्न सबै लाग्नु पर्ने बताउनुभयो ।
सामुदायिक विद्यालयहरुमा खस्कँदै गरेको शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, जन प्रतिनिधि तथा सबै सरोकारवालाहरु लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले बताउनुभयो साथै सरकारी सामुदायिक बिद्यालयका खस्किदै गएकाे बिद्यार्थी संख्यालाई उत्प्रेरित गर्ने तथा लक्षित समुदायको शैक्षिक अभिबृद्दीकाे लागि याे अभियान सञ्चालन गरिएकाे साथै शिक्षाकाे गुणस्तर सँगसँगै सरसफाइ तथा ब्यक्तिगत स्वास्थलाई ध्यान दिदै साेहीअनुसार शैक्षिक तथा ब्यक्तिगत सरसफाइका सामग्रीसहितकाे भाग्य बाेक्ने झाेला बितरण अभियान सञ्चालन भईरहेके जानकारी दिनुभएकाे थियाे ।
शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि आफूहरुलाई खुसी लागेकाे सिद्धार्थ आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी समीप नेपालिले बताउनुभयो । उहाँले आफूहरुले प्राप्त गरेको सामग्रीले अध्ययन तथा सरसफाइमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै शैक्षिक सामग्रीसहितकाे भाग्य बाेक्ने झाेला प्राप्त गरेका शंकर जनसेवा आधारभुत बिद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी करिश्मा बि.क. ले पहिलाे पाईला नेपाललाई धन्यवाद दिदै शैक्षिक सामग्रीकै अभावमा विद्यालयमा आएर अध्ययन गर्न नसकेका विद्यार्थीलाई यस्तो खालको सामग्रीले ठूलो सहयोग पुगेको उहाँको भनाइ छ ।
कार्यक्रममा उपस्थित अभिभावक श्याम नेपाललीले आफ्नाे मेहनतले आफ्ना बालबालिका बिद्यालय पठाएपनि कमजाेर आर्थिक अबस्थाले आफ्ना बालबालिकाले मागेकाे बखत शैक्षिक सामग्री प्रदान गर्न नसकेकाे अबस्थामा पहिलाे पाईला नेपालले बितरण गरेकाे आफ्ना वालबालिका तथा आफुलाई समेत सहज भएकाे तथा खुसी लागेकाे कुरा ब्यक्त गर्नुभएकाे साथै याे अभियान बाट अाफ्ना कक्षा १ र ४ का अध्ययन गर्ने छाेराछाेरी लाभान्वित भएकाे बताउनुभएकाे थियाे ।
जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइराला, पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महत, भूमिकास्थान नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, नगरपालिकाका शिक्षा शाखा प्रमुख तुपलाल सापकोटा, समाजसेवी बाबुराम बन्जाडे, अन्नपूर्ण माविका शिक्षक सुवास चन्द्र बन्जाडे, सिद्धार्थ आधारभूत विद्यालयका प्रधानाध्यापक खेमराज भाट, शंकर जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक शालिकराम खनाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, शिक्षक अभिभावक संघका बालकृष्ण पाण्डे, सस्थाका बुटबल शाखाका उपाध्यक्ष सन्तोष बन्जाडे लगायतले मन्तव्य राख्नुभएको थियो भने सस्थाका सह-कोषाध्यक्ष नरेस न्यौपानेको स्वागत मन्तब्य कोषाध्यक्ष सन्तोस के.सी.ले धन्यवाद मन्तव्य राख्नु भएको थियो साथै याे सदस्य प्रकाश पाेख्रेलले अभियानकाे बारेमा बिस्तृत प्रकाश पार्नुभएकाे थियाे कार्यक्रम सस्थाकै शाखा सचिब राजन अधिकारिको संचालनमा भएको थियो।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।