कपिलवस्तु / ईसाझाकुरा
नेपालमा पहिलो पटक लायन्स कपिलवस्तुले २०७९ सालमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता आयोजना गरेर एउटा फरक पहिचान नेपालभर प्रस्तुत गरेको लायन्स कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण आयोजना गर्ने भएको छ ।
साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना दोस्रो पटक २०८० असोज २७ गते गर्न लागेकोे क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका स्थित ऐतिहासिक पर्यटकिय क्षेत्र राजापानीमा रहेको पोखरीमा हुने प्रतियोगिता नेपालमा दोस्रो पटक सञ्चालन गर्न लागिएका हो भने पहिलो पटक पनि लायन्स क्लव अफ कपिलवस्तुले नै आयोजना गरेको थियो ।
पोखरीमा खेल्ने खेल भएकाले सबैलाई सहज हुने गरी पोखरीमा पानीको सतह ४ फिट मात्र हुने आयोजकले बताएको छ । प्रतियोगिताका लागि अब छिटो नै रजिस्टेशन खुलाउने क्लवका सचिव राम प्रसाद भुसालले बताउनु भएको छ ।
प्रतियोगिताका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुमति प्रदान गरिसकेको छ भने राजापानि सामुदायिक बन सँग पनि पोखरीका लागि समन्वय भएको मिडिया संयोजक नवराज बेल्वासेले बताएका छन् ।
सहभागी हुने प्रतियोगिहरुका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन क्लव आफैले व्यवस्थापन गर्ने जनाएको छ ।प्रतियोगिता सुरक्षाका हिसाबले चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्सको व्यवस्था समेत गरिने जनाएको छ ।
प्रतियोगिताका विजेताहरुलार्ई नगद, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने क्लवले जनाएको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।