सुनसरी
सुनसरीको दक्षिणी क्षेत्रमा अपराधिक गतिविधि हुने गुनासाे बढेपछि सूचना संकलन गर्न गएका प्रहरीको हतियार लुटपाट भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बर्जु गाउँपालिका – १ शुक्रबारेमा सादा पोसाकमा खटिएका प्रहरीहरुको हतियार शनिवार राति लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अज्ञात समूहबाट लुटपाट हुने गुनासो आएपछि इलाका प्रहरी कार्यालय दुहबीले प्रहरी जवान विमन परियार र प्रेम चौधरीलाई विशेष अप्रेशनका लागि सो क्षेत्रमा खटाएको थियो । तर गएराति १२ बजेति अज्ञातसमूहले उनीहरुलाई आक्रमण गरि हतियारसमेत लुटेका हुन् ।
लुटेराहरुले परियार र चौधरीमाथि चिर्पट प्रहार गरेर उनीहरुको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लगेका हुन् । लुटेराहरुको समूह ठूलो भएकाले प्रहरीहरु हतियार जोगाउन असफल भएको प्रहरीको भनाइ छ ।
प्रहरी र लुटेरा समूहबीच केही बेर घम्साघम्सीसमेत भएको बताइएको छ । चिर्पट प्रहारका कारण प्रहरीहरु घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।