काठमाण्डाै
गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
सुदूरपश्चिममा दिउँसो र राति तथा लुम्बिनीमा राति ठूलो पानी पर्ने मौसमविद् कँडेलले जानकारी दिनुभयो । आज काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि पानी पर्ने उहाँले बताउनुभयो । देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । भोलिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।