बिन्दाको प्रेम (अध्याय–३)

114.1kViews
147 Shares

बिन्दा खतिवडा


बाल्यकालमा अनुभुति नै नहुने यो प्रेम हो कि माया ? हो यौवन अवस्थामा सबै गंगा सागर नै उर्लेर आउने यो प्रेमको अनुभुति मेरो मन मस्तिष्कमा जरा गाढेर बसे झै भयो। १२÷१३ बर्षमा त आकर्षण हुने हो रे, मैले त्यो बेला धड्केको मुटु ब्यर्थ ठाने । अब त अलि जवान म, अबको प्रेम मेरो मन को हुने छ्। म मलाई नै सम्झाउने प्रयास मा छु सायद ।
आमाको फेरि आवाज आयो । ओई भात सेलायो म दौैडेर गएँ । खाना खाएर सुत्न गएकि म धेरै बेर जुन हेरेर टोलाएँ । टोलाए पछि थाहै भएन आखाँ कति बेला लोलाए अनि निदाएँ । अब सपनिलाई पनि मेरै प्रतिक्षा थियो सायद, म पुग्न साथ मलाई नै मन पर्ने दृश्य देखाउन थाल्यो । मानौ कि मैले चाहेकै कुरा देखाउँछ र मैले भनेको मान्छ । देख्नु त त्यति त होनि जति होलि मा पानीको गोलि र रङ्ग लागाएको थियो । अरु त भए पो देखावस् ।

बिहान खताखत मान्छेले भरिएको टेम्पो चढेर पशुपति क्याम्प्स सम्म पुग्नु पर्ने । अब पुगेर मात्रै भो र हिँजोको सिटमा आज अर्कै को राज हुन्थ्यो । अहिले झै सजिलो कहाँ थियो ? झन गुरु नहुँदा त के के नाटक नौटङ्गी शुरु । धन्न अर्को कक्षामा जाने आदेश आयो । पहिले सिट्मै बस्न पाउँदा त म कक्षा ट्पर नै लग्यो नि ? चन्चल मन बिचलित मस्तिष्क पढ्न मन अरुलाई थियो कि थिएन त्यो चै मलाई थाहा भएन तर मलाई भने अर्थशास्त्रको बारे बुझ्न मन पटक्क थिएन । हुन त अर्थशास्त्रको बिषयमा अर्थ न बर्थ को थिएँ । अब चाहेर वा नचाहेर होस कक्षामा त पढ्नै आएको हो नि । हातमा पुस्तक मनमा दशथोक, उफ ! मेरो बिचलिल मन । होईन म मात्रै छट्पटिमा छु कि अरु पनि छन, सबैको मुहार हेर्छु । सबको कान ठाडो छ , हातमा पेन बोकेका छ्न , गुरु बोल्दैछ्न तिनीहरु लेख्दैछ्न । तर मलाई कताबाट सारुँ लेखु कि नलेखुँ, केहि दिमागमा आएन । म पनि पेन झिकेर हल्लाउन थालँे । यता उता को हेर्दै लेख्ने प्रयासमा लागे । सबैले मेरो अक्षरको खुब प्रशंसा गर्थे तर आज यदि कसैले मेरो कापि तिर हेरेको भए सबै सत्यानास हुने वाला थियो । जता ततै कौवाले छेरेको जस्तो के सारे सारँे । उता अर्को रो को लास्ट बेन्चमा मेरि साथी चन्दा थिइ । उ म तिर हेर्दै केहि भन्दै थिई, मैले केहि सुनिन र बुझिन पनि । उ फेरि ईसारामा मलाई बोलाउदै थिइ। मैले ठुलो स्वरमा के भनेकी भनेर सोधे । सब म तिर हेर्न थाले चन्दा लाजले निउरिन थालि । मलाई सब छन् र म कक्षा मा छु भन्ने याद नै रहेन । मैले सानु स्वरमा सरि भने गुरुले केहि बोल्नु भएन । लामो स्वास फेरे ; मलाई थाह छैन तर सुने की थिए बढ्दो उमेरमा यो सब हुन्छ , मन बिचलित र चन्चल । होईन म अब घर तिर जाने सोच मै थिएँ । अचानक एक युवक ढोका छेउमा आउँछ मुखमा माक्स लगाएको केटो मेरो हातमा एउटा कागज थमाएर जान्छ । म अलपत्र पर्छु । के छ यो पत्र मा ? खाँदा खाद कोचिएर बसेको सिट्मा त खोलेर हेर्ने त कुरै भएन्। मनमा आतुर खुल्दुलि भन्नु पर्ने शब्दमा आएन । आए जति सब हुँदै थियो मन मस्तिष्कमा । छ चै के यो पत्रमा ? मनमा कता कता लड्डु फुट्यो अहो! यो पत्र प्रेम पत्र हो । मेरो जिवनको पहिलो प्रेम पत्र । म सतल छोडेर वायु विमानमा उडान भर्न थाले । तारा सितारा बिच कि चन्द्रमा जस्ति महशुस गर्न थाले । बगैंचाकि रानी गुलाफमा आफु सुगन्धित छु झै गर्न थाले । कैले त स्वर्ग की अपसरा के राम्रा होलान झै भयो । अहो ! कत्रो कल्पेको मैले, म जवान कि जोसिलि रानि भएको अनि मेरा अघि पछि मेरा राजाहरु हुन सक्छ्न तर मन्त्रीहरु अनुसन्धानमा छन जस्तै भाको मलाई। पत्रमा लेखिएको होला विश्व सुन्दरी जस्ति तिमी, तिम्रो मिठो मुस्कान देखेर यो पागल फिदा छ, … छि अर्को मनले भन्यो त्यस्तो लेखेको छैन होला … के के कल्पन र सम्झन थाल्यो यो मन पनि । सबैले धन्यबाद गुरु भने म झट्ट उठेर हेरे सब बसेकै छ्न । म मात्रै जुरुक्क फेरि अर्को पट्क लाज र सरमले बसे।

त्यो पत्र दिने, के होलि वाला होर ? अहो! फेरि खुल्दुलि, अब कसरि पढ्ने त त्यो पत्र ? अब मेरो धैर्यताले सिमा नाघ्यो । म टवाईलेट गएँ । पत्र खोलँे । पत्रमा यस्तो थियो…

लेख्न बाँकी थिए बाल्यकालका प्रेमका कुरा
थिए कति अधुरा, धमिला त्यो कहानीले मार्यो ।।
लुकामारी खेल्दा कुटुक्क चिमोटिदिन्थे मायालाई
भेटेँ हिजो चिनिन मोरिले, बिर्सिने त्यो बानिले मार्यो।।
संजोग बस भेटेँ, पस्केर दिई सखरखण्ड र पिँडालु
खाउ कि नखाउ हत्तेरी, कोक्काउने त्यो बानीले मार्यो।।
लजाउने मुस्कान उस्सको, धरी घरी हेर्थी मलाई
लाग्यो तिर्खा करुवाको, तातो त्यो पानीले मार्यो।।
भनुकी नभनु भो मनका कुरा, पूरा गँरु कसरि
दिन अनि रात गयो मौनतामा, हत्तेरी त्यो बिहानिले मार्यो।।

मेरा बैंसालु नजरले ती पत्रको अर्थ केलाउन समय लगायो । फेरि दोहो¥याएर पढँे , फेरि पनि पढेँ अर्थ न बर्थ को लाग्यो शुरुमा गनाएको ट्वाईलेट अझ के पो बुझ्नु ?
म त्यो पत्र झोलामा हालेर निस्किए घर तर्फ कोहि सित नबोली । म बैसालु आँखाले उसका सपना कल्पदै थिएँ । मेरा छातीमा नयाँ तरंग उत्पत्ति हुँदै थिए । त्यो होलीको दिन त्यो किशोरले मलाई यसरी हेरेको थियो, जसरी हिजोआजको कलिलो केटोले कुनै मस्तानी तरुनीलाई हेर्छ, घरी उसको करिब पुग्छु, अनि फेरि उसले समाउला कि भन्ने डरले उसदेखी उम्कन भाग्दै कुद्छु, त्यो न्यानो स्मृति र कौतुहल्ता आएर बन्द कोठामा तापियो।
यो पहिलो पत्र उपहार झै आशाका लहर! भै मन मै छापियो।
ठूलो शान्ती थियो यो मन मस्तिष्क केही समय अघि सम्म तर आज अचानक चिन्ता र कोलाहल । निस्फिक्रीसित म पत्र खोल्छु र फेरि पढ्छु । छाती भित्र सुनिन थाल्छ अब मधुरो पीडा अनि बिचित्रको ध्वनी । कबिता थिए कि गजल थिए ती ? लेख्न त म पनि भावना पोख्छु कापीमा तर ती शब्द मेरा लागी अन्योल मात्रै भयो।
मनभित्रको बढ्दो बेचैनलाई शान्त पार्ने न औजार थिए न ओखती ।

उ भित्र के थियो त्यो प्रकाश वा अध्याँरो उस्को आभा फुट्यो शब्दमा यी गहिरो भावले मेरो मन चै अर्कै पीडाले छ्टपटिन थाल्यो।
कस्लाई सोधुँ बुझुँ भयो ?
फेरि भुल्ने प्रयासमा म आफ्ना दैनिकीमा निरन्तर लाग्छु ।
आफ्नु रुप झलक्क पार्न मुस्कुराउँछु हतार, मनको उभार मुखको श्रिङ्गार हो सुन्दर ! अब बिस्तारै मन र मस्तिष्क आफ्ना कार्य गर्न तर्फ भुलाउने प्रयासमा छु।
त्यो स्थितिमा आफू खप्न परेको हुँदा, विशाल वजन झर्छ रे हामी बेसरी रुँदा, मलाई डाह छ्ट्पटीले केही दिन लाछर्यो । क्याम्पसमा त्यो किसोर कतै थिएन । महिनौ बित्यो त्यो आएन म मनि उहीँ काम काज मै ब्यस्त हुन थाले । अब शान्त छ हृदय , अब म पनि खुब लेख्ने भएकी छु।
देखे पछि तिमीलाई, आजकल लेख्दैछु
सम्झनामा तिम्रो यो गजल लेख्दैछु ।।
कति कुरे, कति तड्पिए, हरेक समय
गनि गनि त्यो सारा पल लेख्दैछु ।।
तिम्रो बयानमा सोच्दै लेख्दा के के लेखे
दाँया बाँया सब चल अचल लेख्दैछु।।
बताउ कसरि तिम्रो प्रीत कस्तो चढ्यो
प्रेमले सृजित अग्लो महल लेख्दै छु।।
नशा चढ्यो कस्तो भेटिएन कुनै ओखति
भाको चै के हो अचेल हरपल लेख्दैछु ।।
मेरा लेख सुनाउन पनि त तिमी भेटिनु पर्यो नि । अब मेरो दिनमा एक पट्क लेख्न बस्ने आदत बन्न थाल्यो।
कहिलेकाहीँ सबथोक भएर पनि केही नभए झै थिए म।

आँशुको कुनै तौल हुँदैन भन्छ्न तर आँखाले त्यस्को भार खप्नै सक्दैन । झारिदीइ हाल्छ, हुन त यो संसारमा कोहि कसैको लागि नहुने रैछ थाहा छ, जान्दाजान्दै उ प्रति मेरो चाहको सिमा थिएन । बाधँ बाधिएको भए सायद आज यो चाह हुँदैन थियो । तिमीले त म तिर आकर्षण भएर केही समय जिस्काउन खोजे छौ । म लाटी तिमी नै सबथोक सोच्न पुगे । आफू लाई नै बिर्सिएछु, आखिर त्यस्तो के चै पाउनु थियो र मलाई पनि जो पाउने धुनमा म आफैंलाई भुल्दै थिए।

निरन्तर बगिरहेको पानीलाई न किनारको मतलब हुने रैछ, न प्यासी को । समिपमा जे आयो उठाई बगाएर लान्छ अनि कता ठोकिन्छ, उतै छोडिदिन्छ। तिम्रो प्रेम पनि यस्तै भएको छ । न कसैको भावनाको कदर रैछ, न विश्वासको।
म फेरि पनि उसैको यादमा छु, सात महिना बितेछ तर पनि मलाई हिजो मात्रै होली खेलेको याद छ।
आज पनि उही अन्योलमा छट्पट्यायो जीवन, निरन्तर…

तर मानेन मनले सम्बन्धमा पुर्ण विराम लगाउन। हात दुख्थे लेख्दा लेख्दै तर मन थाक्दैन थियो । के को यति आसक्ति होला ? अनौठो प्रेम कथा लेख्दै नलेखिएको ।


यो पनि पढ्नुहोस्


बिन्दाको प्रेम : अध्याय एक


विन्दाको प्रेम (अध्याय २)

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here