सुन तस्करी प्रकरण : कपिलवस्तुबाट एकजना पक्राउ

प्रतिकात्मक तस्बिर
52.9kViews
153 Shares

काठ्माण्डौ । झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई नियन्त्रणमा लिएको छ । हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कपिलवस्तुको सीमा क्षेत्रबाट रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका खरेल रुपन्देही घर भई काठमाण्डौको टोखा बस्ने गरेको बताइएको छ । उनलाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।

ब्युरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज मङ्गलवार लगेको छ भने आजै म्याद थप गरी अनुसन्धान गरिने जनाइएको छ । यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न नसकिएको सिआइबिले जनाएको छ । उनको बारेमा सूचना सङ्कलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताउनुभयो ।

’ब्रेक शु’ भित्र लुकाएर ल्याइएको यो सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here