भारतबिरुद्धको खेलमा आसिफले बनाए अर्द्धशतक

फाइल तस्बिर
6.8kViews
455 Shares

काठमाण्डौ । एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालका आसिफ सेखले अर्द्धशतक पूरा गरेका छन् ।उनले ८८ बल खेलेर अर्द्धशतक बनाएका हुन् ।

त्यस्तै नेपालले चार विकेट गुमाएको छ । नेपालका, कुशल मल्ल पाँच बलमा दुई रन बनाएर रवीन्द्र जडेजाको बलमा आउट भए । यस्तै कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका छन् । उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउत भए ।

यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो ।

श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । आजको खेलको बिजेता टोली सुपर फोरमा पुग्नेछ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here