दाङ । दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ । शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।
आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।
बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।
उनले आगलागीबाट दुईतले पक्की भवनमा पूर्णरूपमा क्षति पुगेको र दाल पिस्ने मेसिन तथा तेल मिलमा पनि क्षति पुगेको बताए । उनका अनुसार आगलागीबाट डेढ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । विद्युत् सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।