एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै

3.7kViews
167 Shares

काठमाण्डाै

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान  खेल्दैछन् । संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने  भारतले आज पहिलो खेल खेल्न लागेको हो ।

नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ ।  भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक मात्रै उपाधि जितेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here