नरेश थारु, कपिलवस्तु । लायन्स क्लव अफ कपिलवस्तु दिदी बिहिनीले सोमबार बाणगंगाको एक विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरि संस्थाका सदस्यको जन्मदिन मनाएको छ ।
लायन्स क्लव अफ कपिलवस्तु दिदी बहिनी कपिलवस्तुका संस्थापक सदस्य अन्जु आचार्यको ४० औँ जन्मोत्सवमा मदरसा वरकतिया आधारभुत विद्यालय बाणगंगा ८ बालापुर मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री विरतण गरि जन्मदिन मनाएको लायन्सले जनाएको छ ।
फजुल खर्च गरी जन्मदिन मनाउनुको साटो सामाजिक र उत्तरदायी कार्य गरी जन्मदिन मनाउन सके समाजमा समेत सकारात्मक सन्देश प्रवाह हुने भन्दै विद्यालयका ४५ जना विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको लायन्स दिदीबहिनीका अध्यक्ष रिता खनालले जानकारी दिनुभयो । जहाँ दुख्छ त्यहाँ लायन्स क्लव दिदी बिहिनी पुग्छ भन्ने लक्ष्यका साथ आफ्ना सदस्यको जन्मदिनमा विद्यार्थीका लागि उक्त सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । विद्यालयमा अध्ययनका लागि आर्थिक अभावका कारण बाणगंगा नदिमा दैनिक गिटी बालुका उठाएर अध्ययन गर्दै आएका विपन्न बालवालिकालाई सामग्री वितरण गर्न पाउदा आफु पनि खुसी भएको जन्मदिन मनाउनु भएकी अन्जु आचार्यले बताउनुभयो ।
यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वडा कार्यालायबाट विद्यार्थी र विदालयका लागि भइरहेका काम बाहेक लायन्स जस्ता सामाजिक संस्थाहरुबाट हुने सहयोगले थप सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले सामाजिक संघ संस्थाहरुसँग वडा कार्यालय पनि हातेमालो गरेर अगाडी बढ्न तयार रहेको पनि बताउनुभयो ।
यस्तै लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीुका संस्थापक अध्यक्ष लक्ष्मी गैरेले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिनुभएको थियो । उहाँले आगामी दिनमा पनि यी र यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जाउनुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु दिदी बहिनीका अध्यक्ष रिता खनालको अध्यक्षतासहित वडा नम्बर ८ का वडा अध्यक्ष बबुराम अर्यालको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु दिदी बहिनीका संस्थापक अध्यक्ष लक्ष्मी गैरे, विद्यालयका प्रधानाध्यापक रिता भट्टराई, व्यवस्थापन समितिका अध्यक्ष सौकत अलि, शिक्षक अभिभावक संघका अध्यक्ष खुस्बुरन खातुनको विशिष्ठ आतिथ्यता रहेको थियो भने कार्यक्रममा रनिसराज आचार्य, मकबुल खान लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भगवती रेग्मी भुसालको स्वागत र सचिव सरस्वती सोमैको संचालनमा सम्पन्न भएको हो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।