गायिका समिक्षा अधिकारीलाई अष्ट्रेलिया भ्रमणमा प्रतिवन्ध ?

6.6kViews
476 Shares

काठमाडौं

गायिका समिक्षा अधिकारीलाई अष्ट्रेलियामा प्रवेशमा प्रतिवन्ध लगाइएको खबरले यतिबेला सामाजिक सञ्जाल रंगिएको छ ।
बुधवार साँझदेखि फेसबुकदेखि टिकटकसम्म गायिका समिक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द गरिएको चर्चा छ ।

चर्चा गरिए अनुसार गायिका अधिकारी केही महिनाअघि सांगीतिक कार्यक्रमको क्रममा सहभागिता जनाउन अष्ट्रेलिया जाँदा १८ वर्ष पुगेकी थिइनन् ।

अष्ट्रेलियाको कानून अनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिले अष्ट्रेलियाको भ्रमण गर्दा आफूसंग एक जना बालिग केयर टेकर लैजान पाउने व्यवस्था छ ।

त्यसै अनुसार गायिका अधिकारीले आफ्नी दिदीलाई केयर टेकर बनाएर अष्ट्रेलिया लिएर गएकी थिइन् । विडम्बना, केही महिनाको अष्ट्रेलिया बसाईपछि गायिका अधिकारी स्वदेश फर्किइन्, तर दिदीलाई उतै छाडिन् ।

यो कुरा त्यति बेलासम्म बाहिरिएको थिएन, जबसम्म गायिका अधिकारीले तीजका कार्यक्रममा सहभागिता जनाउन पुनः अष्ट्रेलिया जाने तयारी थालिन् र आफ्नो केयर टेकरको रुपमा अर्कै एक जना महिलाका लागि भिसा आवेदन गरिन् ।

यसपटक अष्ट्रेलियाको राजदूतावास चनाखो भयो, किनभने यसअघि पनि गायिका अधिकारीले केयर टेकरको रुपमा आफ्नी दिदीलाई लिएर गएको तथा उनी नफर्किएको जानकारी दूतावाससंग सुरक्षित थियो ।

फलस्वरुपः यसपटक दूतावासले गायिका अधिकारीको नयाँ केयर टेकरलाई त भिसा दिएन नै, गायिका अधिकारीकै बाँकी अवधिको भिसासमेत रद्द गरिदियो ।

भनिन्छ, उनलाई काठमाडौंस्थित अष्ट्रेलियाको दूतावासले ब्ल्याक लिष्ट अर्थात कालो सूचीमै राखेको छ । जसअनुसार गायिका अवधि निश्चित अवधिका लागि अष्ट्रेलिया जान पाउँदिनन् । कतिपयले त उनलाई सधैंका लागि अष्ट्रेलिया प्रवेशमा प्रतिवन्ध लाग्नेसमेत बताइरहेका छन् ।

यस सम्बन्धमा गायिका अधिकारीसंग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन ।

-कलाकर्मी डट कमबाट साभार

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here