बाणगंगामा नाग पञ्चमिमा गरियो शेषनागको मूर्ति अनावरण

23.0kViews
199 Shares

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका– ४ दरखास्तमा नागको मुर्तिको अनावरणसंगै नागमन्दिरको उद्घाटन गरिएको छ । नागपञ्चमीको अवसर पारेर सोमबार अर्थात आज आयोजना गरिएको एक कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरी, वडाध्यक्ष छविरेस्मी मगर, निवर्तमान वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले संयुक्त रुपमा नागको मुर्तिको अनावरण गरेका हुन् । मुर्ति बाणगंगा नगरपालिका र वडा नम्बर ४ को संयुक्त लगानीमा निर्माण भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले नागपञ्चमीको शुभकामना दिदैं मुर्ति र मन्दिरको संरक्षण र सम्बद्र्धनमा नगर प्रतिवद्ध रहिरहने बताईन् । उनले वडा नम्बर ४ मा विगतमा पनि राम्रो काम भएको र अहिले पनि सौन्दर्यीकरण र सडक बत्ती जडान जस्ता विभिन्न नयाँ नयाँ उदाहरणीय योजनाका साथ काम भईरहेको भन्दै प्रशंसा गरिन् ।

फरक प्रसङ्गमा बोल्दै उनले यस बर्षबाटै बस पार्क निर्माणको काम सुरु हुने बताईन् । ‘छाडा पशुचौपयाको पनि धेरै नै समस्या छ । हामीले बुझेका छौ । बुझेर नै नगरपालिकाबाट प्रत्येक बर्ष ५०/६० लाख छुट्याउने गरेका छौं,’ उनले भनिन् ।

हरेक वडामा नै व्यवस्थाप गर्न सके छाडा पशुचौपयाको समस्या अन्त्य हुने उनको भनाई छ । उनले छाडा पशुचौपयाको समस्या राष्ट्रिय समस्या भएको बताईन् । ‘यो बाणगंगा नगरपालिकाको मात्र समस्या होईन् । यो राष्ट्रिय समस्या हो । खुला सिमाका कारण बाहिरका पशुहरु यहाँ आएको अवस्था छ,’ उनले भनिन् ।
बाणगंगा नगरपालिका– ४ का वडाध्यक्ष छविरेस्मी मगरले नागपञ्चमीको शुभकामना दिदैं यो पर्वलाई नेपालीहरुले विशेष पर्वका रुपमा लिने गरेको बताए । उनले निवर्तमान वडाध्यक्षको टीमले सुरुवात गरेको कामको अपनत्व लिदैं आफु निर्वाचित भएपछि त्यस कामलाई अघि बढाएको स्मरण गरे । उनले नागको मुर्तिसंगै नागमन्दिरको वडाले संरक्षण र सौन्दर्यीकरण गर्ने प्रतिवद्धता जनाए । उनले आफ्नो कार्यकालमा जनअपेक्षा अनुसार जनहितका काम अहोरात्र खटने जिकिर गरेका छन् ।
निवर्तमान वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले नागको मुर्ति र मन्दिरको बनाउन निर्माण समिति नै बनाएर काम भएको स्मरण गरे । उनले सबैको सहयोग र सक्रियताबाटै मुर्ति र मन्दिर निर्माण सफल भएको भन्दै खुशी व्यक्त गरे ।
नाग मन्दिर र नाग संरक्षण समितिका अध्यक्ष जंग बहादु मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन समितिका राम बहादु पन्तले गरेका थिए ।
उक्त कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here