डेँगु नियन्त्रणका लागि बाणगंगामा लार्भा खोज र नष्ट गर अभियान

24.1kViews
461 Shares

राजेन्द्र खनाल/कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकामा डेँगु संक्रमणको जोखिम न्युनिकरणका लागि लार्भा खोज र नष्ट गर अभियान संचालन गरिएको छ । बाणगंगा नगरपालिका स्थित मोतिपुर स्वास्थ्य चौकी अन्र्तगत सेवा क्षेत्रमा शुक्रबार अभियान संचालन गरिएको हो ।

मोतिपुर स्वास्थ्य चौकिमा आयोजित एक कार्यक्रम मार्फत जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा संचारकर्मीहरुको उपस्थितिमा स्वास्थ्य चौकीको सेवा क्षेत्र अन्र्तगत वडा नम्बर ८ र ७ का केही स्थानमा लार्भा खोजी गरी नष्ट गरि अभियानको सुरुवात गरिएको छ ।
मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेसहित वडा नम्बर ८ का जनप्रतिनिधिहरु, स्वासथ्य चौकीमा कार्यरत कर्मचारी र संचारकर्मीह तथा केही स्थानीयको समेत सहभागितामा चप्परगाउँ क्षेत्रमा जोखिमयुक्त क्षेत्रमा स्थानीयलाई सचेत बनाइएको छ ।

बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेङ्गी सङ्क्रमण बढ्नुको एक कारक मानिन्छ। प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटरसाइकल तथा अन्य गाडीका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ। अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ । त्यस्ता लामखुट्टेले मानिसलाई टोकेमा डेँगु संक्रमण हुने गर्दछ । यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिन नहुने मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले बताउनुभयो । डेँगु संक्रमण गराउने लामखुट्टेले विशेष गरी बिहान र दिउँसोको समयमा टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै भुइमा नसुत्ने र सधै झुलको प्रयोग गर्न उहाँको आग्रह छ ।

उनका अनुसार डेङ्गीको खास उपचार र रोकथाम गर्ने खोप नभएकाले यसको लाक्षणिक उपचार मात्र हुन्छ। त्यसकारण आफै सचेत हुनु नै यसबाट बच्ने मुख्य उपाय हो ।

यस्तै वडा नम्बर ८ का वडा सदस्य शैलेन्द्र बेल्वासेले स्वास्थ्य चौकी र स्वास्थ्यकर्मीहरुसँगै डेँगु रोग नियन्त्रणका लागि वडाका जनप्रतिनिधि र टोलविकास संस्थाले पनि अभियान संचालन गर्ने बताउनुभयो । उहाँले वडाबाट योजनाबद्ध कार्यक्रम संचालन गरि टोलविकास संस्थामार्फत सबै नागरिकहरुलाई डेँगु रोग नियन्त्रणमा लाग्न तयारी गरिएको जानकारी दिनुभयो ।

डेङ्गी रोग लागेमा एक्कासी चर्को ज्वरो आउँने, शरीरका जोर्नी र मांसपेशी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्ने जस्ता लक्षणहरु देखा पर्दछन् । रोगको जटिलता बढेसँगै शरीरका विभिन्न भित्री अङ्गमा रगत कम हुन्छ र अङ्गहरूले राम्रो काम गर्न नसक्दा गम्भीर अवस्थामा पुगेर मानिसको ज्यान समेत जान सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । डेङ्गी भाइरसका कारण ज्वरो आएमा प्रशस्त आराम गर्ने, झोलिलो तथा तागतिलो खानेकुरा बिरामीले खाने गर्नुपर्छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गी सङ्क्रमण चितवनमा आएका एक विदेशी पर्यटकमा देखा परेको सरकारी तथ्याङ्क छ । त्यसपछि सन् २००६ यता यो प्रकोपका रूपमा क्रमशः बढ्दै गएको हो । यो वर्ष रोगको संक्रमण थप जटिल बन्न सक्ने पूर्वानुमान गरिएको छ ।
बाणगंगामा यो वर्ष नगरभित्रका एक जना र बाहिरबाट उपचारका लागि आएका चार जना गरी पाँच जना संक्रमित भएकामा उनीहरु सबै निको भएको नगर स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले जानकारी दिनुभयो । अहिले लार्भा खोज र नष्ट गर अभियान चलाइएको उहाँको भनाई छ । यस्तै उता बाणगंगा ९ जिनुवामा पनि डेंगु रोग विरुद्ध हाम्रो अभियान सफा राखौ आफ्नो घर आंगन भन्ने मुल नाराकासाथ लामखुट्टेको लार्भा नस्ट पार्ने अभियान संचालन गरिएको छ ।

सो कार्यक्रम भाद १ गतेदेखि १० गतेसम्म वडा न।९ का हरेक टोल सबै बिधालय आमा समुह, टोल बिकास संस्था,स्वास्थ स्वयम् सेविका, जनप्रतिनिधि, स्वास्थ कर्मचारीबाट लामखुट्टेको वासस्थान खोज र नस्ट गर्ने अभियानको जनचेतना जगाउने गरी अभियान सुरु गरिएको भलवाड स्वास्थ चौकीका प्रमुख जित बिकास रायमाझीले बताउनुभयो ।

यस्तै वडा नम्बर ७ को मोतिपुर डाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि डेँगु रोग नियन्त्रणका लागि अभियान सुरु गरिएको केन्द्रका प्रमूख जिवन थापाले जानकारी दिनुभयो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष विष्णु गिरीको अध्यक्षतामा आयोजित एक कार्यक्रमबा बिच डेँगु नियन्त्रण अभियान संचालन गरिएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here