9.0kViews
400
Shares
बुटवल । रुपन्देहीको बुटवल उपमहानगपालिका–१० कालिकानगरमा रोकिराखेको ट्रकमा आगो लागलागी भएको छ ।
कालिकानगरस्थित कालिका पेट्रोल पम्प अगाडि रोकिराखेको प्रदेश २– ०३–१११ ख २५११ नम्बरको ट्रकमा सोमबार दिउँसो एक्कासी आगो लागेको हो ।
चालक र सहचालकले ट्रक रोकेर भित्रै खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ । ट्रकमा लागेको आगो स्थानीय र सडकका यात्रीको सहयोगमा निभाइएको थियो ।
आगलागीले मानवीय क्षति भने भएको छैन । यसअघि रोकिराखेका ट्रकभित्रै खाना पकाउने क्रममा आगलागीका घटना बाहिरिएका थिए ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।