मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी

10.3kViews
350 Shares

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

“प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ ।  कुन मन्त्रालय दिने भन्ने तय भइसकेको छैन । प्रधानमन्त्री चितवनमा हुनुहुन्छ । उहाँ आएपछि फाइनल हुन्छ,” गजुरेलले भने ।

अरु केही मन्त्रीलाई हटाएर नयाँ ल्याउने विषयमा समेत छलफल चलिरहेको तर फाइनल भइसकेको उनले बताए ।

जनमतले यसअघि नै अनितादेवी साहलाई मन्त्रीको लागि सिफारिस गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here