पवित्र भूमि लुम्बिनीको बदनाम गर्नेछैन : ल्हारक्याल लामा

3.6kViews
158 Shares

लुम्बिनी

सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त डा. ल्हारक्याल लामाले पदभार ग्रहण गरेका छन्। माओवादी केन्द्रीय सदस्यसमेत रहेका लामालाई मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि कोषको उपाध्यक्षमा मनोनीत गरेको हो।

बिहीबार पदभार ग्रहण गर्दै लामाले लुम्बिनीको इज्जत र पवित्र भूमिको बदनाम नगर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘मलाई पत्याएर काम गर्न सक्छ भनेर यहाँ पठाउनुभएको छ। गौतम बुद्ध, मायादेवी मन्दिर साक्षी राखेर काम गर्छु। लुम्बिनीको इज्जत, पवित्र भूमिको बदनाम गर्नेछैन। कुनै खालको भ्रष्टाचार, अनियमितता, कुनै खालको मिसयुज गर्नेछैन। सबैसँग समन्वय गरेर काम गर्नेछु।’

तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल साउन दोस्रो सातामा सकिएपछि उपाध्यक्ष पद रिक्त थियो। कोषको संरक्षक प्रधानमन्त्री र अध्यक्ष संस्कृतिमन्त्री रहने व्यवस्था लुम्बिनी विकास कोष ऐन, २०४२ मा छ। विवादास्पद छविका लामालाई काेषकाे जिम्मेवारी दिएकाे भन्दै सरकारकाे आलाेचना भएकाे छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here