10.4kViews
168
Shares
अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–५ बलेबाङ बस्ने शिब बहादुर कुमालको निर्माणाधिन घरमा आगलागी भएको हो ।
मंगलबार बिहान आगलागी हुँदा अन्नपात, काठपात र २ वटा साईकल समेत जलेर करिब ६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहको बताएको छ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।