4.9kViews
242
Shares
काठमाण्डाै
फिफा महिला विश्व कप फुटबलमा आज अन्तिम १६ का दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् ।
नेपाली समय अनुसार आज हुने पहिलो खेलमा बिहान पौने ८ बजे नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा दिउँसो पौने ३ बजे स्वीडेन र अमेरिकाबीच खेल हुनेछ ।
महिला विश्वकप फुटबलमा हिजो भएका खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन र नर्वेलाई हराउँदै जापान क्वाटरफाइनलमा पुगेका छन् । न्युजिल्यान्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।