फिफा महिला फुटबल विश्वकपको राउण्ड १६ को समीकरण पुरा

6.7kViews
378 Shares

फिफा महिला फुटबल विश्वकपको राउण्ड १६ को समीकरण पुरा भएको छ ।

समुह चरणका खेलहरु सकिएसँगै राउण्ड १६ मा पुग्ने देशको टुंगो लागेको छ । राउण्ड १६ मा समुह ए बाट स्वीट्जरल्याण्ड र नर्वे, समुह बि बाटअस्ट्रेलिया र नाइजेरिया, समुह सी बाट जापान र स्पेन, समुह डी बाट इङल्याण्ड र डेनमार्क, समुह इ बाट नेदरल्याण्डस र अमेरिका, समुह एफ बाट फ्रान्स र जमैका समुह जी बाट स्विडेन र दक्षिण अफ्रीका तथा समुह एचबाट कोलम्बिया र जर्मनी पुगेका छन् ।

अब राउण्ड १६ का खेलहरु शनिबारदेखि शुरु हुदै छन् ।

राउण्ड १६ मा स्वीट्जरल्याण्ड र स्पेनबीच खेल हुदै छ भने नेदरल्याण्डस र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । त्यस्तै जापानको सामना नर्वेसँग हुदै छ भने स्विडेनको सामना अमेरिकासँग हुदै छ । त्यसैगरी अस्ट्रेलियाले डेनमार्कको सामना गर्दै छ भने फ्रान्सले मोरक्कोको सामना गर्दै छ । त्यस्तै इङल्याण्डले नाइजेरियाको सामना गर्दै छ भने कोलम्बियाले जमैकाको सामना गर्दै छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here