कपिलवस्तुका तीन विद्यालयमा नेपाली सेनाको ‘जुनियर एनसीसी’ तालिम संचालन

59.9kViews
172 Shares

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित विभिन्न तीन वटा विद्यालयमा नेपाली सेनाको जुनियर एनसीसी तालिम विद्यार्थीका लागि संचालन गरिएको छ । साउन १ गते देखि सुरु भएको यो तालिममा विद्यालयमा अध्ययनरत विभिन्न कक्षा र तहका विद्यार्थीहरु सहभागि भएका छन् ।

कपिलवस्तुमा यस पटक बाणगंगा नगरपालिका अन्र्तगतका विभिन्न तीन वटा विद्यालय यो तालिमका लागि छनोट भइ तालिम संचालन भएका हुन । जनज्योति मावि मोतिपुर, सूर्याेदय मावि बरवा र होराइजन मावि सिद्धीपुरमा नेपाली सेनाको जुनियर एनसीसी तालिम संचालन भइरहेको छ । जनज्योति मावि मोतिपुरमा कक्षा ८, ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरु ३६ जना सहभागि रहेको विद्यालयका सहायक प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले जानकारी दिनुभयो । जनज्योतिमा १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनाले जुनियर एनसीसी तालिम लिइरहेका छन् । उनीहरुलाई शमसेर दल गण गोरुसिँगेले दैनिक तामिल संचालन गरिरहेको छ ।

विद्यालयमा ७९ दिन र बाँकी नेपाली सेनाको व्यारेकमै संचालन हुने गरी सहभागि विद्यार्थीहरुलाई जम्मा १०० दिनको तालिम संचालन हुने बताइएको छ ।

तालिममा शारिरिक अभ्यासको अलावा विद्यार्थीहरुको नेतृत्व क्षमतामा विकास, विद्यार्थीहरुमा हुनुपर्ने अनुशासन र बफादारिता, राष्ट्रिय एकताको भावना, व्यक्तिगत विकास तथा क्षमता अभिवृद्धि, सामुहिक आदानप्रदान , समाजमा फैलिने गलत प्रवृत्ति विरुद्ध जनचेतना, दैबिप्रकोप तथा बिपद व्यवस्थापन जस्ता घटनामा सहभागिता लगायत महत्वपूर्ण बिषयमा सिकाइ हुने छ ।

सुर्याेदय मावि बरवामा पनि ३६ जना विद्यार्थी सहभागि रहेका छन् । राष्ट्रिय सेवा दल कार्यक्रम अन्र्तगत नेपाली सेनाको सम्पूर्ण लगानीमा यो कर्याक्रम संचालन भएको विद्यालयका प्रधानाध्यापक टिकाराम घिमिरेले जानकारी दिनुभयो । तालिम पश्चात विद्यार्थीहरुलाई भोली आत्मरक्षाका लागि पनि यो कार्यक्रम प्रधावकारी रहेको उहाँको भनाइ छ । यस बाहेक उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थीले भोली नेपाली सेना मै जागिरका लागि प्राथामिकता पाउने र वैदेशिक भ्रमणमा समेत सहभागि हुन सक्ने अवसरहरु सिर्जना हुने उहाँको भनाई छ ।

उता होराइजन मावि सिद्धिपुरमा पनि विद्यार्थीहरुले उक्त तालिम लिइरहेका छन् । अहिले विद्यार्थीहरुलाई विद्यालयमा तालिम दिइएको छ भने ७९ दिनको विद्यालय लक्षित तालिम सकिएपछि बाँकी २१ दिनको तालिम नेपाली सेनाको व्यारेक मै संचालन हुने छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here