बाणगंगा ९ का हरि तीन हप्ता देखि बेपत्ता, खाेजिदिन परिवारकाे आग्रह

121.6kViews
220 Shares

कपिलवस्तु ।  कपिलवस्तु जिल्ला स्थित वाणगंगा ९ कैला टोलका एक युवक पछिल्लो तीन सातादेखि बेपत्ता भएका छन् ।  वर्ष २० का हरी सुनार भारतबाट २१ दिन देखि वेपत्ता भएकाे उनका परिवारले बताए ।

भारतको लुदियानाको एक होटलमा काम गर्ने उनी गत असार २ गते आफुले काम गर्ने होटलमा २ महिनाको तलब बुझेर घर जान्छु भनि साँझको समयमा हिडेको होटलका सञ्चालकले बताएका छन् ।

रोजगारीको शिलसिलामा २०७९ माघ महिनामा भारत गएका सुनारले बैशाख महिना सम्म निरन्तर घरमा पैसा पठाएको आमा कली सुनारले बताएकि छिन् । लामो समय देखि छोरो घर नआए पछि उनको खोजि चौतर्फि गरेको परिवारीक स्रोतले बताएको छ । उनको अबस्था हाल सम्म पत्ता लगाउन नसकेको परिवारले जनाएको छ ।

हरी सम्पर्क विहिन भएपछि यता घरपरिवार चिन्तामा परेका छन् । लामो समय सम्म छोरो सम्पर्क विहिन भइ पछि उनको परिवार खोजि गरीदिन आग्रह गरेको छ ।

हरीलाई फेला पार्ने जो कसैले पनि नजिकको प्रहरी कार्यलयमा सम्पर्क गरी सहयोग गरीदिन आग्रह समेत गरेको छ ।

हरीलाइ फेला पार्नेले साझाकुरा मिडिया ग्रुपको आधिकारीक नम्बर ९८५७०५३५०१ वा ९८६७३८५६४५ मा समेत सम्पर्क गर्न पारीवारीक स्रोतले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here