कोशी र मधेस प्रदेशका पूर्वी क्षेत्रमा गए रातिदेखि नै ‘आरीघोप्टे’ वर्षा

6.7kViews
104 Shares

काठमाण्डाै

कोशी र मधेस प्रदेशका पूर्वी क्षेत्रमा गए रातिदेखि नै ‘आरीघोप्टे’ वर्षा भइरहेको छ । गए रातिदेखि नै यी प्रदेशका केही ठाउँमा आरीघोप्टे वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएकाे छ । अहिले पनि यी प्रदेशका केही ठाउँमा यसै गरी पानी परिरहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार थोरै समयमा अत्यधिक वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङमा १ सय १५ मिलिलिटर, सप्तरीमा १ सय ८ दशमलव ४ र सुनसरीमा ९७ दशमलव ८ मिलिलिटर वर्षा भएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज पनि कोशी र मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा हुने अनुमान रहेको मौसमविद् झाले जानकारी दिनुभयो । मौसमविद्का अनुसार पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेकाले यी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको हो ।

यस्तै बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने अनुमान छ । राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा पनि ठूलो वर्षाको अनुमान छ । अत्यधिक वर्षा भएका ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here