केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

13.3kViews
454 Shares

काठमाडौं

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले  केन्द्रीय कमिटी बैठकका एजेन्डालाई अन्तिम रूप दिनेछ ।

कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । अघिल्लो बैठकको ठिक एक वर्षपछि आज बैठक बस्न लागेको हो ।

विधानअनुसार कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हो । तर, कहिले सत्ता राजनीति मिलाउन र कहिले पार्टी नेता बालकृष्ण खाँण भ्रष्टचार मुद्दामा फसेपछि मिति तोकेर पनि बैठक सर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here