शितगंगा १३ सिमलपानीमा जंगली च्याउ खाएका ५ जना बिरामी

प्रतीकात्मक तस्बिर
15.1kViews
386 Shares

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी भएका ५ जनाको नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।

बिरामी हुनेमा शितगंगा नगरापलिका वडा नम्बर १३ सिमलपानीको पारे निवासी ९० वर्षीय जानकी भाट क्षेत्री, १४ वर्षीय बाल कृष्ण वि.सी., १० वर्षीय विपिन वि.सी., देउराली निवासी ३८ वर्षीय सार्दा वि.सी. र १० वर्षीय तनुजा वि.सी. रहेका छन ।

आइतबार बिहान  जगँलबाट ल्याएको च्याउ खाएर काममा हिडेका उनीहरु टाउको दुख्ने, बान्ता हुने, पखला लाग्ने जस्ता समस्या भएपछि उनीहरुलाई अस्ताल लगिएको थियो । अहिले उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । वडा अध्यक्ष दुर्गा बिसीका अनुसार एउटै टोलका पाँच जना च्याउ खाँदा बिरामी भएका हुन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here