१३ वर्षीय बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ

5.5kViews
195 Shares

पाल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिहीबार एकजना पक्राउ परेका छन्। रोल्पा घर भई लामो समयदेखि तानसेन नगरपालिका–७ बाहुनटोल बस्दै आएका ३१ वर्षीय कमल सुनार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

बुधबार बेलुकी साढे सात बजे आफ्नै कोठामा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। यहाँ उनी कोठा भाडामा लिएर बस्दै आएका छन्। ती बालिकाको हजुरआमाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको थापाले बताए।

जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here