कपिलवस्तु । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित जनता माध्यमिक विद्यालयले विगतको आफनै रेकर्ड बे्रेक गरेको बताएको छ ।
जनता मावि पिपराबाट यसपटकको एसइइ परीक्षामा सहभागि भएका जम्मा २ सय ८६ विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएको विद्यालयले जनाएको हो ।
परीक्षामा सहभागि भएका २८६ जना विद्यार्थीहरु मध्ये यसपटक ७० जना विद्यार्थीहरुले ए प्लस ग्रेड प्राप्त गरेको विद्यालयका शिक्षक उज्वल अधिकारीले साझाकुरालाई जानकारी दिनुभयो । उहाँका अनुसार ए प्लस ल्याएका ७० जना मध्ये ६ जना विद्यार्थीहरुले ३ दशमलव ९ जिपिए प्राप्त गरेका छन् । यस्तै ३ दशमलव ८५ जिपिए ल्याउने विद्यार्थी पनि ६ जना रहेका छन् । यस बाहेक यसपटकको नतिजामा जनता मावि पिपराबाट परीक्षामा सहभागि भएका ९७ जना विद्यार्थीहरुले ए ग्रेड प्राप्त गरेको पनि शिक्षक अधिकारीले जानकारी दिनुभयो । उहाँले विद्यालयले आफ्नै यस अघिको रेकर्ड बे्रेक गरेको समेत दाबी गर्नुभएको छ । यस अघि जिल्लामा ४२ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेको र यसपटक ७० जनाले ए प्लस ग्रेड प्राप्त गर्दा कपिलवस्तुमा आफ्नै रेकर्ड ब्रेक भएको उहाँले साझाकुरासँग बताउनुभयो ।
यस्तै यस पटकको नतिजामा परीक्षामा सहभागि भएका सबै विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि आवश्यक जिपिए प्राप्त गरेको पनि विद्यालयले जनाएको छ । यो उत्कृष्ट नतिजा ल्याउन सफल सबै विद्यार्थीहरुलाई विद्यालयले बधाई दिएको छ भने आगामी शैक्षिक सफलताको समेत कामना गरेको छ ।
विद्यलाय व्यवस्थापन समितिका सदस्य नेत्र प्रसाद बञ्जाडेले यो उत्कृष्ट नतिजा ल्याउने सबै विद्यार्थीहरुलाई बधाई दिनुभएको छ । उहाँले आगामी शैक्षिक यात्राको समते कामना गर्दै यो नतिजा प्राप्त गर्न खट्ने सबै विद्यालयका शिक्षक तथा व्यवस्थापन समिति लगाएतलाई पनि धन्यवाद दिनुभएको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।