बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लुम्बिनी प्रदेशमा ३ दशमलव ६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २ हजार ७५९ रहेको छ ।
३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थीको संख्या भने ६ हजार ८१३ रहेको परिक्षा नियन्त्रकको कार्यालयले जनाएको छ । २ दशमलव ८० देखि ३ दशमलव २० ल्याउने विद्यार्थीको संख्या १० हजार २०१, २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए ल्याउने १३ हजार ३३२, २ जिपिए देखि २ दशमलव ४० जिपिए ल्याउने १७ हजार ९७ जना रहेका छन् ।
यसैगरी १ दशमलव ६० देखि २ जिपिए ल्याउने १८ हजार ९६०, १ दशमलव २० देखि १ दशमलव ६० जिपिएल्याउने १० हजार ५७३ र शुन्य दशमलव ८० देखि १ दशमलव २० जिपिए ल्याउने विद्यार्थीको संख्या ७१९ रहेको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।