दुर्गा प्रसाद काफ्ले , चन्द्रौटा । कपिलवस्तुमा बिजयनगर गाउँपालिकाले विभिन्न वडामा कार्यरत मेलमिलाप कर्ता साथीहरूलाई सम्मान गरेको छ ।२०७९ साल चैत्र १६ गतेदेखि २३ गते सम्म बिजयनगर गाउँ पालिकाको आयोजना रेसुङा ट्रेन्डिङ एण्ड मल्टी प्रपोज कम्पनी तिलोत्तमा रुपन्देहीको व्यवस्थापन र जनहित संरक्षण मंच ( प्रो : पब्लिक ) को सहजीकरणमा पालिकाका प्रत्येक वडा बाट ३ जनाका दरले र न्यायीक पालिका २ जना गरि जम्मा २३ जनाले तालीम लिनुभएको थियो ।
सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहदुर थापाले पलिकाको मुद्दाहरू पलिका भित्रै समाधान गर्न सफल हुनु हुने सम्पुर्ण मेलमिलाप कर्ता साथीहरूलाई धन्यवाद दिनुभएको थियो ।
्
यस्तै प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सम्पुर्ण साथीहरू को सफल्ताको शुभकामना दिदै मेलमिलाप कर्ता साथीहरू , न्यायीक पालिका , जनप्रतिनिधि र कर्मचारी साथीहरू लागेमा एक दिन बिजयनगर गाउँपालिकामा कुनै घटना र झैझगडा मुक्त गाउँपालिका घोषणा हुने कुरामा आफूले बिस्वास लिएको बताउनु भयो ।
यस्तै न्यायिक पालिका संयोजक एवम बिजयनगर गाउँपालिका उपाध्यक्ष लक्षी कुमारी चौधरीले नेपालको सम्बिधान २०७२ ले स्थानीय स्तरमा एउटा न्यायिक समिति रहने र न्यायिक समितिको मातहतमा प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्नुपर्ने ब्यावस्था रहिआएको ले मेलमिलाप कर्ता छनोट गरिएको बताउदै सबैलाई धन्यवाद दिदै मेलमिलाप कर्ता साथीहरूको लगनसिल्ता उच्च मुल्यांकन गर्दै सबैलाइ मायाको चिनो प्रदान गर्नुभएको थियो । मायाको चिनोमा एक थान झोला डायरी र कलम रहेके न्यायिक पालिका ले जनाएको छ ।
उक्त कार्यक्रम न्यायीक पालिका कि संयोजक लक्षी कुमारी चौधरीको अध्यक्षता पालिकाका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख आतिथ्यता, प्रमुख प्रशसकिय शोभाराम रिजालको विषिस्ठ आतिथ्यता र बोधराज भुसाल को सञ्चालन मा सम्पन्न भएको पलिकाले जनाएको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।