मध्य असारसम्म कपिलवस्तुमा १५ प्रतिशत मात्रै धान रोपाइँ

८० प्रतिशत जमिनका उपभोक्त आकाशे पानीको भरमा रोपाई गर्ने

89.7kViews
489 Shares

राजेन्द्र खनाल, कपिलवस्तु । मध्ये असारको दिन सकिदा सम्म कपिलवस्तु जिल्लामा जम्मा १५ प्रतिशत मात्रै धान रोपाई सकिएको छ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस समेत हो । तराईकका जिल्लाहरु सहित देशभर विभिन्न कार्यक्रम गरि धान दिवस मनाइरहेका बेला किसानलाई मलको अभाव र सिँचाईको प्रयाप्त सुविधा नपुग्दा आकासे पानिको भरमा रोपाई गर्नुपरेका कारण धान रोपाई ढिला भएको हो ।

कपिलवस्तुमा धान खेति हुने ७१ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये आज सम्म जम्मा १५ प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमूख डा. रबिन्द्रनाथ चौवेले जानकारी दिनुभयो ।

गत वर्ष असार १५ सम्म कपिलवस्तुमा ३० प्रतिशत भन्दा बढी रोपाई सकिएको उहाँको भनाई छ । यस वर्ष ढिलो वर्षा भएका कारण किसानले धान रोपाईँमा समेत ढिलाई गरेका छन् । प्रयाप्त सिँचाईको सुविधा नहुनु र आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण नै रोपाई ढिलो हुने गरेको डा. चौवेले साझाकुरासँग बताउनुभयो ।

कपिलवस्तुमा कुल खेतियोग्य जमिनको जम्मा २० प्रतिशत क्षेत्रफलमा मात्रै बाह्रैमहिना सिँचाईको सुविधा पुगेको छ । बाँकी ८० प्रतिशत जमिनका उपभोक्त आकाशे पानीको भरमा रोपाई गर्ने गर्दछन्।

कृषि ज्ञानकेन्द्रका अनुसार साना सिँचाइका कार्यक्रमहरु थपिएका भए पनि त्यो अझै प्रयाप्त नभएको बताइएको छ । यस्तै धान रोपाईका बेला किसानलाई मलको आवश्यकता बढी हुन्छ । केषि ज्ञान केन्द्रका प्रमूख चौवेले भन्नुभयो, मलको अहिले पूर्ण प्रयाप्तता पनि छैन र चरम अभाव पनि छैन । जसको तसो किसानले मल पाइरहेका छन्। तर यो प्रयाप्त हैन।

यस्तै यो वर्ष मोसमविदहरुले कम पानी पर्ने भनिरहेकाले छिटो पाक्ने जातका धानहरु लगाउँदा उत्तम हुने पनि उहाँको सुझाव छ । पानी कम पर्ने सम्भावनका कारण ढिलो पाक्ने धान रोप्दा त्यसले उत्पादन कम दिने भएकाले छिटो पाक्ने र कम पानीमा पनि उत्पादन दिन सक्ने जातका धानका बिउ राखि रोप्न कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ ।

अहिले अधिकाशं किसान रोपाईमा व्यस्त छन् । असारको मध्य समयबाट मात्रै वर्षा सुरु भएको छ । पानी पर्न थालेपछि किसानहरु अहिले धान रोपाई र खेतकै काममा व्यस्त हुने गरेका हुन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here