कपिलवस्तुका ८ पालिकाले बजेट ल्याउँदा दुई पालिका विवादमा रुमलिए

लुम्बिनी प्रदेशका ६ पालिकाले समयमै बजेट ल्याउन सकेनन्

9.9kViews
157 Shares

कपिलवस्तु । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले आन्तरिक विवादका कारण तोकिएको समयमा बजेट ल्याउन नसकेको पाइएको छ । ऐनले असार १० गतेभित्र बजेट ल्याउने व्यवस्था गरेपनि रुपन्देहीका ३ वटा पालिका, कपिलवस्तुका दुई पालिका र रोल्पाको एक गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिका र यशोधरा गाउँपालिका तथा रुपन्देहीको सम्मरीमाई, रोहिणी,कोटहीमाइ गाउँपालिकाले बजेट ल्याएका छैनन् । यस्तै, रोल्पाको गंगादेव गाउँपालिकाले पनि अझैसम्म बजेट ल्याउन सकेको छैन ।
यसरी बजेट ल्याउन नसक्नुमा धेरै ठाउँमा वडाध्यक्ष र गाउँपालिका अध्यक्षबीच बजेटमा विवाद देखिएको छ । केही आन्तरिक कारण पनि देखिएका छन् ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिकामा वडा अध्यक्ष र गाउँपालिका अध्यक्षबीच कुरा नमिल्दा बजेट पास नभएको अवस्थामा छ । गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी लोसपा हुन् भने बहुमत वडाध्यक्षहरू नेपाली काँग्रेसका छन् । यो गाउँपालिकाका वडाध्यक्षहरू आफ्नो सिलिङअनुसार बजेट नदिएको भन्दै नीति तथा कार्यक्रम पास गर्न नदिएको गाउँपालिका अध्यक्ष कमलेश चौधरीले बताए । उनले आफूले मिलाउने प्रयास गरिरहेका छन् ।

यस्तै कपिलवस्तुको यशोधरा गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरे पनि आन्तरिक विवादका कारणले बजेट ल्याउन सकस परेको छ ।

उता रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका वडाध्यक्षहरूले धेरै बजेट माग्ने र अध्यक्षले मिलाउने प्रयास नगर्दा बजेट ल्याउन समय लाग्ने देखिएको छ । उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले गाउँपालिका अध्यक्षले र वडाध्यक्षबीच समन्वय हुन नसक्दा गाउँसभा हुन नसकेको बताए । वडाध्यक्षर गाउँपालिका अध्यक्षबीच बजेट विषयमा कुरा नमिल्दा रुपन्देहीका रोहिणी गाउँपालिका र कोटहीमाई गाउँपालिकाले पनि बजेट ल्याउन सकेका छैनन् । बजेट नल्याएका गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच मतभेद हटाएर बजेट ल्याउने आग्रह गरेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बताए ।

रोल्पाको गंगादेव गाउँपालिकामा नीति तथा कार्यक्रम पारित भए पनि अझैसम्म बजेट ल्याएको छैन । गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी केसीले बजेटमा शीर्षकहरू परिवर्तन गर्नुपर्ने भएकाले ढिलो भएको भन्दै अव दुई, तीन दिनमै बजेट ल्याउने बताइन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here