दाङमा एक वडाध्यक्षले दिए राजीनामा

11.5kViews
488 Shares

दाङ – दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको छ । आज मङ्गलवार वडाध्यक्ष शाहले घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाउनुभएको छ ।

उपमहानगरले असार १० गते ल्याएको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिएको स्रोतले बताएको छ । वडामा प्रयाप्त बजेट विनियोजन नगरेको भन्दै उहाँले पदबाट राजीनामा बुझाएको स्रोतको दाबी छ । वडाध्यक्ष शाहको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

गएको पालिका चुनावमा शाह नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । घोराही उपमहानगरमा मेयर र उपमेयर पनि एमालेकै छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here