बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

12.9kViews
479 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न भनेको हो।

न्यायाधीश तिलप्रसाद श्रेष्ठले एकल इजलासले अवहेलना मुद्दा दर्ता गरेर लिखित जवाफ माग्न आदेश दिएको हो। मेयर बालेनले हिन्दी फिल्म चलाउन दिने उच्च अदालत पाटनको आदेश नमान्ने अभिव्यक्ति दिएका थिए। उनले त्यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका थिए।

ुजहाँ सबाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरू को नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन,ु बालेनले भनेका थिए।

अदालतको मानहानी भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले मेयर बालेनलाई प्रतिवादी सर्वोच्चमा निवेदन दिएकी थिइन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here