एकदिवसीय विश्व कप छनोट : नेपालले अमेरिकालाई ८ विकेटले हरायो

12.3kViews
458 Shares

काठमाण्डाै

आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।

नेपालका भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७७ रन बनाए । त्यस्तै, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान ३९ रन बनाए ।

यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३,  दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । पहिलो खेलमा नेपाल जिम्बावेसँग र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थियाे।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here