लुम्बिनी प्रदेशद्धारा भ्रमण दशक घोषणा, कर्मचारीले पाउने भए पर्यटन बिदा

सांकेतिक तस्बिर ।
18.7kViews
442 Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई दिँदै आएको आन्तरिक पर्यटन काजलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको छ ।

प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८० र ८१ को बजेटले यस्तो व्यवस्था गरेको हो । प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पताल स्थापना गर्न अध्ययन गर्ने समेत बजेटको घोषणा छ ।

आगामी दशकलाई लुम्बिनी भ्रमण दशकको रुपमा मनाउन संघीय सरकारसँग सहकार्य गर्ने घोषणा प्रदेश सरकारको छ । प्रदेश भित्र बुल राइडिङ, बुल ड्राइभ, बफेलो ड्राइभ, बयलगाँडा यात्रा, पहाडी घोडा यात्रा जात्रा गर्ने समेत प्रदेश सरकारको भनाइ छ । प्रदेश भित्र सस्पेन्सन ब्रिज पार्कको निर्माणको सुरुवात गर्ने समेत प्रदेश सरकारको घोषणा छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here