अध्यक्षका छोराले कर्मचारीमाथि हातपात गरेपछि कामकाज नै ठप्प

16.8kViews
419 Shares

प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसीले सोही गाउँपालिकाका कर्मचारीमाथि हातपात गरेपछि कर्मचारीहरूले कामकाज ठप्प पारेका छन्।

बुधबार भुक्तानीका लागि स्थानीय २ जना उपभोक्तासहित आएका अध्यक्ष महतराका छोरा मिलनले रोजगार शाखाका सहायक दिपक जीसीलगायतका व्यक्तिमाथि हातपात गरेपछि आफूहरूले नियमित र दैनिक कामकाज बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए।

उनका अनुसार रोजगार शाखा सहायकलगायत अन्य कर्मचारीमाथि हातपात भएको छ। कर्मचारीमाथि हातपात भएपछि कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आएको र कर्मचारीसँगै आएका मिलनले आफूमाथि नै हातपातको प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जनाए।

प्रक्रिया नपुगेको योजनालाई एमसीले जबर्जस्ती पास गराउन खाजेको र कर्मचारीले नमानेपछि हातपात गरेको कर्मचारीहरूले बताएका छन्। हातपात गर्ने पालिका अध्यक्षका छोरा मिलन अखिल ९क्रान्तिकारी०का केन्द्रीय उपाध्यक्षसमेत हुन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here