कपिलवस्तुमा एक युवाले गरे आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या

105.7kViews
256 Shares

कपिलवस्तु। प्रेमिकासंग खटपट परे पछि कपिलवस्तुको बाणगंगामा एक युवकले आफ्नो प्रेमिका र उनका काकाकाे हत्या गरेका छन् । बाणगंगा नगरपालिका  ५ मटेरिया गाउँमा आक्रोसित ति युवाले आफनै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

बिहीवार बिहान सवा ९ बजेतिर रुपन्देहीको कंचन गाउपालिका  २ का २२ बर्षिय मोहन थारुले प्रेमिका २२ बर्षिया अन्जीन थारु र उनका काका ७० बर्षिय बम बहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ ।

चक्कु प्रहार पछि दुबै जना गंभीर घाईते भएका थिए। बम बहादुरको ४ नम्बरमा उपचारकोक्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए।

चक्कु प्रहार गर्ने मोहन थारु प्रहरी नियन्त्रणमा छन्। मोहन र अन्जनी बिच प्रेम सम्बन्ध रहेकाे र  दुबै बिच केही बिषयमा बिवाद बढे पछि अन्जीनीले मोहनलाइ बेवास्ता गर्दैै आएकी थिईन्। सोही बिषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया आएका थिए। घटनाको अनुसंधान र सोधपुछ भईरहेको प्रहरी नायब उपरिक्षक घलेले बताए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here