लुम्बिनी प्रदेशले पायो १५ अर्ब ३८ करोड वित्तीय हस्तान्तरण बजेट

18.2kViews
429 Shares

काठमाण्डौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले ७ वटा प्रदेशका लागि कूल १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ छुट्याएको छ । यस्तो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षकको अनुदानमा उपलब्ध गराएको हो ।

जस अनुसार लुम्बिनी प्रदेशले १५ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ पाएको छ । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि प्रदेशतर्फ जाने अनुदानहरूको बाँडफाँड क्रमशः समानीकरण अनुदानतर्फ १३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३५ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ४ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ६ अर्ब २२ करोड १६ लाख रुपैयाँ छुट्याइएको छ ।

कति पाए अन्य प्रदेशले ?

–कोशी प्रदेश, १६ अर्ब ११ करोड ७० लाख रुपैयाँ
–मधेस प्रदेश, १३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ
–बागमती प्रदेश, १५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ
–गण्डकी प्रदेश, १३ अर्ब ६० करोड ४० लाख रुपैयाँ
–कर्णाली प्रदेश, १६ अर्ब २७ करोड ३९ लाख रुपैयाँ
–सुदूरपश्चिम प्रदेश, १४ अर्ब ४२ करोड १९ लाख रुपैयाँ प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here