पूर्व पश्चिम राजमार्ग विस्तारलाई ३१ अर्ब २ करोड रुपैयाँ बजेट

18.4kViews
473 Shares

काठमाण्डौ

सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारलाई तीव्रता दिने भएको छ ।

नारायणगढ बुटवल र कमलाकञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख छ ।

कमला–ढल्केवर– पथलैया, वुटवल–गोरूसिङ्गे, काकडभिट्टा– लौकही, पथलैया–नारायणगढ र लमही– भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरू गरिने भएको छ ।

नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरू हुने भएको छ ।

पूर्व– पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन भएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here