बढ्यो अलैँचीको निर्यात

15.5kViews
396 Shares

काठमाडौँ

 मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात अर्ब २८ करोड १४ लाख २५ हजार रुपियाँ बराबरको ८९ लाख २१ हजार ६७९ केजी निर्यात भएको छ ।

चालु आर्थिक वर्षको दस महिनामा नेपालको कुल निर्यात २४ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड रुपियाँको भएकोमा नेपालमा उत्पादित अलैँचीको निर्यात भने बढेको हो ।

गत वर्ष सो अवधिमा चार अर्ब २२ करोड १९ लाख ९७ हजार रुपियाँ बराबरको ४६ लाख ७० हजार ३६३ किलो अलैँची निर्यात भएको थियो ।

चालु आर्थिक वर्षमा अलैँची दोब्बर परिमाणले निर्यात भएको विभागको तथ्याङ्क छ । आर्थिक वर्ष २०७८र७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि निर्यातमा समेत वृद्धि भएको हो । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची, जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिका लगायतका देशमा निर्यात हुने गर्छ ।

नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । नेपालबाट भारततर्फ गएको अलैँचीलाई भारतले प्याकेजिङ गरेर आफ्नो ब्रान्ड बनाएर अन्य देशमा निर्यात हुने गरेको पाइएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here