रेसुङ्गा-काठमाडौं व्यवसायिक उडान सुरु

6.2kViews
385 Shares

गुल्मी

गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार (आज) नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो ।

काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा सो जहाज उडेको थियो । सो जहाजले चालक दलका सदस्य बाहेक १३ जना यात्रु बोकेर रेसुङ्गा आएको सो जहाज रेसुङ्गाबाट १४ यात्रु बोकेर ७ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर आयुशा कार्कीले जानकारी दिइन् । अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान हुनेछ ।

व्यवसायिक उडानमा पहिलो पटक यात्रा गरेका रेसुङ्गा नगरपालिका वडानम्बर–४ का धनिश्वर गौतमले यात्रा निकै आनन्दपूर्ण रहेको बताए । उनले आफ्नी बिरामी आमालाई काठमाडौंमा उपचार गराएर घरमा ल्याउने क्रममा जहाजको यात्रा गरेका थिए ।

रेसुङ्गा विमानस्थल सञ्चालन हुनुपूर्व गुल्मी जिल्लावासीले रुपन्देहीको भैरहवासम्म गाडीमा र त्यहाँबाट हवाई जहाज चढेर काठमाडौं जाने गर्दथे । काठमाडौंबाट फर्किंदा पनि भैरहवासम्म हवाईजहाजमा र त्यसपछि झण्डै ५ घण्टा गाडीमा यात्रा गर्नुपर्ने बाध्यता थियो । गाडीबाट गुल्मी–काठमाडौं यात्रा भने झण्डै १३ देखि २२ घण्टाको हुने गर्दछ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here