काठमाण्डाै
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत काठमाण्डौ लगेको छ ।
आज बुधवार बिहान पक्राउ परेका खाणलाई प्रहरीले अनुसन्धानका लागि अदालतमा उपस्थित गराएर म्याद थपको अनुमति लिन लागेको हो । जिल्ला प्रहरी परिसर टेकुबाट प्रहरीले उच्च सुरक्षासहित खाणलाई जिल्ला अदालत बबरमहल लगेको हो ।
प्रहरीले अनुसन्धानका लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधवार बिहान निवासबाटै पक्राउ गरेको हो । यो प्रकरणमा समातिएकाहरूले खाणकी पत्नी मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।
प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।