घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

5.9kViews
152 Shares

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–५, भम्बकमा घाँस काट्ने क्रममा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ३४ वर्षीय गोविन्द कुमाल रहेको प्रहरीले जनाएको छ ।

घर नजिकैको बारीमा घाँस झार्ने क्रममा कुमाललाई करेन्ट लागेको प्रहरीले जनाएको छ । घाँसको डाला नांगो तारमा अड्किएपछि सोही डाला तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका हुन् ।

उनलाई रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here