आज धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना

10.5kViews
251 Shares

काठमाण्डाै

आज देशका धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसो १, २ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रि-मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ । केही दिन अघि पानी परेका बेला हावाहुरी चलेको थिएन । तर, घाम लाग्न थालेसँगै हावाहुरी चल्न थालेको उहाँले बताउनुभयो । देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको भने मौसम आंशिक बदली छ । यी प्रदेशमा दिउँसो हल्का पानी पर्ने अनुमान छ । यस्तै, राति कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको मौसम बदली हुने अनुमान छ । तत्काललाई देशभर नै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here