बर्दिया । लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिले शनिबार सदरमुकाम गुलरियामा विरोध प्रदर्शन गरेको छ । लघु वित्तीय संस्था खारेज, सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत पाँच सुत्रीय माग राख्दै प्रदर्शन गरिएको हो ।
ठूलो संख्यामा गाउँ गाउँबाट आएका महिलाहरुले लघु वित्तीय संस्थाविरुद्ध नाराबाजीसहित बजार परिक्रमा गरी कोणसभा गरेका थिए । संघर्ष समिति गुलरिया नगर अध्यक्ष रञ्जीतबिक्रम शाहले लघु वित्तीय संस्थाहरु खारेज गर्नुपर्ने, लघु वित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानको निस्शुल्क ऋण प्रदान गर्न पाँच सुत्रीय माग रहेको बताए । उनले आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था हुनु पर्ने र समाजवादी अर्थतन्त्रको विकास लागू गर्न सरकारसँग माग गरेको जनाए ।
विगत केही समययता लघु वित्तीय संस्थाविरुद्ध रिले अनशनदेखि तालाबन्दी र प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनलाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कान्तिपुरबाट
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।