समयमा नै व्यवसाय दर्ता नवीकरण नगर्ने ३३ वटा ठेकेदार कम्पनीको इजाजत रद्द

7.4kViews
213 Shares

काठमाण्डाै

समयमा नै व्यवसाय दर्ता नवीकरण नगर्ने ३३ वटा ठेकेदार कम्पनीको इजाजत रद्द भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज सूचना निकालेर निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ वटा कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको छ।

मन्त्रालयले पटक पटक म्याद थप गरेर अन्तिम म्याद गएको चैत मसान्तलाई तोकेको थियो । तर चैत मसान्तमा समेत दर्ता नवीकरण नगरेपछि ३३ वटा ठेकेदार कम्पनीको इजाजत नै रद्द गरिएको मन्त्रालयले जनाएको छ।

रद्द भएका कम्पनीले पुन: व्यवसाय गर्न चाहेमा अब नयाँ कम्पनी दर्ताकै प्रक्रिया अपनाउनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here