

लुुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटना : ४ सय २६ जना पीडित



बाँके : लुुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादती घटनाबाट ४ सय २६ जना पीडित भएको अनौपचारिक क्षेत्रसेवा केन्द्र (इन्सेक) ले जनाएको छ । सन् २०२३ जनवरी देखि मार्च सम्म तीन महिनाको अवधिमा लुम्बिनी प्रदेशमा राज्य पक्षबाट दुई जना र अन्य पक्षबाट ४ सय २४ जना गरी ४ सय २६ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएका छन् ।
तीन महिनाको अवधिमा अपहरणमा एक, कुटपिटमा तीन, बाल अधिकारमा ६१, बेपत्ता दुई, आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारमा आठ, जघन्य हत्या दुई, अमानवीय व्यवहारमा नौ, हत्यामा आठ, अभिव्यक्ति स्वतन्त्रता तथा भेलाहुने अधिकारमा चार र महिला अधिकारमा ३ सय २८ गरी ४ सय २६ जना पीडित भएका छन् ।
यसैगरी, लुम्बिनी प्रदेशमा रहेका १२ वटा कारागारमा र दुई वटा बाल सुधार गृहमा क्षमता भन्दा बढी कैदीबन्दी र कानुनको विवादमा परेकाहरू रहेको, कारगारहरूमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुनु, खेल सामाग्री प्रयाप्त नहुनु, शौचालय र खान बस्नसमेत समस्या हुनुले कारागार सुधारमा राज्य उदासिन देखिएको पुष्टि भएको इन्सेक लुम्बिनीप्रदेश संयोजक भोला महतले बताउनु भयो ।
कारगारमा ठाउँ अभावले कोचाकोचको समस्या छ भने अर्कोतिर ३ हजार कैदीबन्दी राख्ने क्षमतासहितको सुविधा सम्पन्न खुल्ला क्षेत्रीय कारागार बाँकेको गनापुर निर्माण भएपनि सञ्चालनमा आउन नसक्दा जीर्ण हुँदै गएको छ । ट्रायलको रुपमा नमुना प्रोजेक्ट लागु गर्ने लक्ष्यका साथ सानातिना मुद्दामा परेका थुनुवालाई राख्ने उदेश्यले निर्माण गरिएको खुल्ला कारागार सञ्चालन कार्यविधि बन्न नसक्दा सञ्चालनमा आउन नसकेको संयोजक महतले बताउनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनीप्रदेश कार्यालयले मानवअधिकारको अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले त्रैमासिकरुपमा स्थिती सूचक प्रकाशन गर्दै आएको छ ।


खबर सबै
-
रुपन्देहीसहित आज तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
-
कपिलवस्तुमा बस दुर्घटना : ३८ जना घाइते
-
राष्ट्रिय स्वतन्त्र पार्टी बाणगंगाको प्रथम नगर अधिवेशन सम्पन्न, बुद्धिसागर सभापतिमा सर्वसम्मत चयन
-
कपिलवस्तुमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य नीति : हवाई उद्धारदेखि टेलिमेडिसिनसम्म
-
साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुआत
-
कपिलवस्तुमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य नीति : हवाई उद्धारदेखि टेलिमेडिसिनसम्म
-
साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुआत
-
समस्याग्रस्त पाटेबाघ पाल्नै समस्या
-
कपिलवस्तु : बुद्धको प्रतिमासहितको बगैँचा अलपत्र
-
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत











प्रतिक्रिया