जातीय विभेद र छुवाछूत मुक्त समाज निर्माणका लागि सम्पूर्ण दलित एक हुनुपर्नेमा जाेड

रामबहादुर गन्धर्व, कपिलवस्तु । ५८औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २०२३काे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुद्धभुमि २गाेरूसिङ्गेमा आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै बिशिस्ट अतिथि एवम् उद्योग बाणिज्य संघ बुद्धभुमिका अध्यक्ष शुभलाल भुसालले २१औं शताब्दीमा पनि जातीय छुवाछूत तथा विभेद गर्नु समाजलाई पछाडि धकेेल्नु हाे भन्दै विभेद बिरूद्व सबै एक भएर लाग्नुपर्नेमा जाेड दिदै ,आफुले पनि खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै: राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्ता परियारले जातिय छुवाछूत तथा भेदभाव मुक्त समाज निर्माणका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउदै ,दलित र गैरदलित बीचकाे सहकार्यले मात्र जातिय भेदभाव उन्मुलन हुने कुरा ठम्याउदै क्रमिक रूपमन छुवाछूत तथा भेदभावका घटनामा कमि आउनु सकारात्मक पक्ष भएको बताउदै ,उनले वर्तमान अवस्थामा भेदभावको स्वरूप बदलिएको जिकिर गरे । ग्रामीण स्वालम्बन बिकास केन्द्रका सचिव रामदेव पासीले कार्यपत्र प्रस्तुत गर्दै ,दलितहरूकाे बिद्यामान अवस्था ,समस्या ,चुनौती लगाएतकाे बिषयमा चर्चा गर्नु भएको थियो ।साे अवसरमा आयोजक्ले जनप्रतिनिधि ,दलित पत्रकार ,अधिकारकर्मी लगाएत १२ जनालाई खादा सहित सम्मान गरेको छ। ग्रामीण स्वालम्बन बिकास केन्द्र कपिलवस्तु , दलित समाज कल्याण संघ,राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा कपिलवस्तु , आशा संजाल बुद्वभुमिकाे संयुक्त आयोजना र बुद्वभुमि नगरपालिकाकाे कपिलवस्तुकाे आर्थिक सहयोगमा भएको कार्यक्रम अब्दुल कलाम मुसलमानकाे प्रमुख आथित्थ्यता,रामदेव रणबहादुर सुनारको स्वागत मन्त्ब्य र अमर बहादुर बि.क.काे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया