बुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा शनिबार वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेला सम्पन्न भएको छ ।
रोजगारीको खोजीमा रहेका बेरोजगार तथा अर्ध बेरोजगार युवा बिद्यार्थीहरुका लागि लक्षित गरेर आयोजना गरिएको वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेलामा रोजगार तथा रोजगार दाता कम्पनीहरुका ४० स्टल रहेका थिए । मेलाका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले रोजगार मेलामा १ हजार भन्दा बढिको सहभागिता रहेको बताए ।
तिलोत्तमाको रामजानकी मन्दिर परिसर भएको मेलाको एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले उद्घाटन गरे । सो अवसरमा उनले यो मेलालाई आगामी दिनमा व्यवस्थित बनाउंदै अझै प्रभावकारी बनाउने बताए । उनले मेलाको माध्यमबाट नगरपालिका भित्र बरोजगारीको अवस्था र योग्यता बारे पनि थाहा हुने बताए ।
तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीले मेलामा सहभागि भएकाहरुलाई विभिन्न कम्पनीले सिधै रोजगारका लागि प्रस्ताव गरी कतिपयलाई सम्झौता समेत गरेको बताए । इन्स्योर परियोजनाको सहयोगमा नगरपालिकाले आयोजना गरेको सो रोजगार मेलामा रोजगार सम्बन्धि बिज्ञ, तालिम प्रदायक संस्था, रोजगार कम्पनि, उद्योग कलकारखानाका संचालक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।