बनकसिया भग्लापुर नाकामा ठेकेदारको बदमासी ओभरलोड देखि राजस्व छली

10.1kViews
1297 Shares

कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिका ६ मा पर्ने बनकसिया भग्लापुर नाकामा ठेकेदारले मापदण्ड विपरीत नदिजन्य पदार्थको उत्खनन गर्ने गरेको पाइएको छ। गणेश सप्लायर्सले पाएको उक्त नदीको ठेक्कामा ठेकेदारले तोकिएको क्षेत्रभन्दा बाहिर बन क्षेत्रको भागमा उत्खनन गर्ने गरेको पाइएको छ। त्यतिमात्र होइन उनीहरुले नक्कली बिल र राजस्व छली गर्न नक्कली बिल प्रयोग सँगै ओभरलोड दुवानी गरिरहेको पाइएको छ।

सम्झौता लगत्तै नदीजन्य पर्दाथ निकासी काम सुरु भएपछि ठेकेदारले नक्की बिल प्रयोग गर्न थालेको स्थानीयबासीहरु बताउछन् । ठेक्का सम्झौता विपरित ठेकेदार कम्पनीले किर्ते काम बारे नगरपालिका राजस्व शाखा तथा जनप्रतिनिधीलाई जानकारी गराएपनि त्यसबारे अनुगमन समेत नगरिएको स्थानीयबासीहरुले जानकारी दिए । ठेकेदारले नगरपालिकाबाट प्रमाणित गरि ल्याएका ठेलीको हुबहु नक्कली भ्याट बिल तथा नगरपालिकाको सरकारी छाप किर्ते गरि प्रयोग गरेका छन् ।

Open photo
प्रति ट्याक्टर भ्याट सहित १०० घनफिटको ९०५ रुपैयाको रसिद काटेपनि १ हजार रुपैया लिने गरेको समेत ट्याक्टर ढुवानीकर्ताहरुले दुखेसो पोखेका छन् । यता ठेकेदारले वागेश्वरी सामुदायीक वन क्षेत्रबाट उत्खनन गर्दा समेत वन पदाघिकारी मौन हुदा वनका पदाधिकारीको समेत मिलेमतो हुन् सक्ने आसंका देखिएको छ । यता ठेकेदार पक्षेलाई वन क्षेत्रबाट किन उत्खनन गर्नुभएको भनि प्रश्न गर्दा वन समितिलाई समेत आफुहरुले कार्यालय संचालन गर्न सहयोग गरेको बताए। उनले कर छली र ट्याटरले क्षेमता भन्दा बढि बोक्न नपाए ट्याक्टर नआउने र ठेक्का घाटामा जाने बताए। उनीहरुले “प्रहरी प्रशासन, नगरपालिका सबै मिलाएको बताउदै फोटो भिडियो खिचेर केहि नहुने ठेकेदार पक्षका एक व्यक्तिले भने।

Open photo
वाणगंगा नगरपालिकाले उपमेयरलाई अनुगमनको जिम्मा लगाए पनि अनुगमन नहुदा ठेकेदारले मनमानी ठंग्गबाट उठ्खान्न गर्दै आएका छन।

कपिलवस्तुको बाणगंगामा मात्र होइन बुद्धभूमी नगरपालिका, शिवराज नगरपालिकाहरुमा समेत खोलिएका नदिजन्य पर्दाथ निकासी ठेक्काका ठेकेदारले परिमाण र राजस्व छलि गर्न नक्कली बिल प्रयोग सुरु गरिसकेका छन् ।
ठेक्का लगाउने तर नदि दोहनको अवस्था, निकासी परिमाण र ठेक्का अवस्था बारे वास्ता नगर्ने स्थानीय सरकारकै रवैयाका कारण ठेकेदार मोटाउने र सरकारको राजस्व बर्षेनी घट्दै गएको छ ।

प्रतिकृया दिनुहोस्


साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here