कपिलवस्तु । कपिलवस्तुको बाणगंगाकी एक युवतीको भारतमा रहस्यमय मृत्यु भएको छ । भारतको चण्डीगढमा उनको मृत्यु भएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ गणेशपुरकी २३ वर्षीय चम्पा गन्धर्व गत जेठ महिनामा रोजगारीको शिलसिलामा आफ्नी कान्छी भाउजूसँग भारतको चण्डीगढ स्थित पञ्चकुला २ नम्बर सेक्टरमा पुगेकी थिइन् । अमृता गन्धर्वकी एकमात्र छोरी रहेकी चम्पाले चण्डीगढको एक चिकित्सकको घरमा घरायसी काममा रोजगारी पाइन र उनले सोही घरमा काम गर्दै आएको पारिवरिक स्रोतले जनाएका छन् ।
१६ मार्च अर्थात यही चैत २ गते बिहिवार बिहान १०ः३० बजे विहानको खाजा खाएर नुहाउन बाथरूममा गएकी चम्पा डेढ–दुई घण्टा पछि संकास्पथ अवस्थामा मृत फेला परीन् । नुहाउन गएकी उनी धेरैबेर सम्म ननिस्किएपछि उनकी एक साथिले त्यहाँको प्रहरीलाई खबर गरीन् । भारतीय प्रहरीले बाथरुमको ढोका फोरेर हेर्दा मुखबाट रगत बगेको ,चुन्निले घाँटीमा बेरिएको अवस्थामा उनको शव फेला परेको आफन्तजनले बताएका छन् ।
चण्डीगढ स्थित भारतीय एकता समाजले घटनाको प्रकृति हेर्दा हत्या आशंका गरेको छ । एकता समाजले घटनाको सत्य तथ्यको आधारमा दोषीलाई कार्वाही गर्नुपर्ने माग गरेका छन् । यता परिवारजनले समेत चम्पाको हत्या भएको आशंकामा छानविनको माग गरेका छन् ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।